इस्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँट, कति कित्ता पर्यो आवेदन ?

१० असोज, काठमाडौं । इस्टर्न हाइड्रोपावर कम्पनीको आईपीओ आइतबार बाँडफाँट गरिएको छ । कम्पनीले ७ देखि २८ भदौसम्म आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानीय बासिन्दालाई ६ लाख २० हजार कित्ता शेयर खुला गरेको थियो ।

जसमध्ये पाँच लाख ६९ हजार ६९० कित्ताका लागि आवेदन परेको छ । बाँकी ५० हजार ३१० कित्तामा भने आवेदन परेको छैन । अब यो बाँकी रहेको शेयर कम्पनीले सर्वसाधारणहरूका लागि आईपीओ बिक्री खुला गर्दा थप गरेर ल्याउनेछ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthHydropoweripoLockdownnepalNewsPoliticRastriya Banijya Bank
Comments (0)
Add Comment