सालकको खपेटासहित एकजना पक्राउ

०१ भदाै, काठमाडौँ । काठमाडौँ महानगरपालिका-२६ कपुरधारास्थित सार्वजनिक यात्रु प्रतीक्षालयबाट दुर्लभ वन्यजन्तु सालकको खपेटासहित एकजना पक्राउ परेका छन् ।

दुई किलोग्राम खपेटासहित काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने धादिङ धुनिवेँशी नगरपालिका-९ घर भएका २३ वर्षीय विजय तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment