मस्कको प्रत्युत्तर- मेरो कुनै क्लब हुन्थ्यो भने त्यो युनाइटेड नै हुने थियो

०१ भदाै, एजेन्सी । खराब लयमा रहेको प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड किन्ने भनेर गरेको ट्वीट ‘ठट्टा’ मात्र भएको अर्बपति इलोन मस्कले जनाएका छन्।

बुधवार बिहान ट्वीट गर्दै उनले आफूले ‘म्यान यू’ किन्न लागेको जनाएका थिए। आफू आधा रिपब्लिकन र आधा डेमोक्रेट भएको भन्दै उनले यस्तो बताएका थिए।

मस्कले ट्वीट गर्दै लेखेका थिए- म म्यानचेस्टर युनाइटेड किन्दैछु, स्वागत छ।

तर, जब ट्वीटको गाम्भीर्यताबारे प्रश्न सोध्दा उनले प्रत्युत्तरमा भनेका छन्- होइन, यो ट्वीटरमा चलिरहने ठट्टा हो। म कुनै खेलकुदको क्‍लब किन्ने छैन।

जारी सिजन लगातार दुई खेलमा पराजय ब्यहोर्दै युनाइटेड अंक तालिकाको पुछारमा छ।

मस्कले युनाइटेड आफ्नो बाल्यकालको मनपर्ने क्लब भएको बताएका छन्। उनले ट्वीटको रिप्लाइमा भनेका छन्- यदि मेरो कुनै क्लब हुन्थ्यो भने त्यो म्यानचेस्टर युनाइटेड नै हुने थियो। उनीहरु मेरो बाल्यकालको मनपर्ने टिम हुन्।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment