काठमाडौं उपत्यकामा एकैदिन ३ हजार १८७ सवारी चालकमाथि कारवाही

०१ भदौ, काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार १८७ जना सवारी चालकलाई कारवाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण मंगलबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १७९, लेन अनुशासन पालना नगर्ने १२८, रेड लाइटमा सवारी साधन चलाउने ११६, निषेधित क्षेत्रमा हर्न बजाउने १४६ र नम्वर प्लेट देखिने गरी नराख्ने २३ जना सवारी चालक रहेका छन् ।

यस्तै, २ हजार ५९५ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment