चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

२६, साउन, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ मा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

बुधबार राति मुग्लिन-नारायणगढ सडकखण्डस्थित जुगेडीमा भरतपुरबाट मुग्लिङतर्फ जाँदै गरेको ग१ख ९९५५ नम्बरको ट्रकले अन्दाजी २४/२५ वर्षका नाम, थर, वतन नखुलेका पैदलयात्रीलाई ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी

कार्यालय चितवनका डीएसपी नरहरी अधिकारीले जानकारी दिए ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रकले ठक्कर दिएर ती युवकलाई घिसारेको थियो ।

मृतकको शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment