विराटनगर आइपुग्याे युरिया मल

१९ साउन, विराटनगर । लामो समयदेखि अभाव रहेको र धान खेतीका लागि मगाइएको युरिया मल विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा आइपुगेको छ ।

भारतको कलकत्ताबाट आएको युरिया मल मंगलबार विराटनगर भंसार कार्यालय हुँदै कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा आइपुगेको हो ।

प्रदेश १ का लागि छुट्याइएको ७ हजार ५ सय मेट्रिक टन युरिया मल मध्ये पहिलो लटमा २ हजार ५ सय मेट्रिक टन युरिया मल आउन शुरु भएको कृषि सामग्री कम्पनी लिमिटेडका स्टोर किपर होम प्रसाद पराजुलीले बताए ।

उनले युरिया मल वितरणका लागि स्थानीय तहहरुमा परिपत्र गरिसकिएको र स्थानीय तहको सिफारिश अनुसार युरिया मल वितरण गरिने जानकारी दिए ।

धान रोप्नु अघि कृषकहरुले डिएपी मल छर्ने गर्दछन् । धान रोपेको १५ दिन पछि युरिया मल छर्नुपर्दछ । मल अभावका कारण युरिया मल छर्न नपाएका कृषकहरुले धान रोपेको करिब एक महिना पछि भने ढिलै भएपनि युरिया मल छर्न पाउने भएका छन् ।

यसैगरी कृषि सामग्री कम्पनी लिमिटेडमा राखिएको डिएपी मलको बफर स्टक पनि वितरण गर्न शुरु गरिएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment