म कपन बासी ….

शम्भु पाैडेेल

१२ साउन, काठमाडौं ।

म कपन बासी ….

आकाशमा बादल मडारिएको देख्दा
तोप झै मुटु थर्काउदै मेघ गर्जीएको बेला ।
तर्सन्छु ठूलो आपत सन्निकट छ ।
सोच्छु ओहो ! मेरो घर त कपनमा पो छ।

शिवपुरी र जगडोल स्यार्‍र गर्यो
ढ्याङ्रो ठोकी हाल्यो मनमा ।
धोबिखोला चँखुचा उर्लीएर आयो
सम्झे साना लालावालाहरु
स्कुलबाट अझै आइ पुगेनन !

पानी दर्कदै गयो बाढी बढदै आयो
संघार बाट पानी भित्र पस्दै आयो ।
कार्पेट शोफा पलङ कपडा खाने कुरा
हेर्दाहेर्दै सबै डुब्यो सबै सर्बनास भयो !

म देशकै राजधानिको बासिन्दा
मनमा पिडा लिएर आफैलाइ धिकार्दै छु !
ठुलो दुखले जोडिएको सानो घर
अनि गुजारा चलाउने मेरा सामान
डुबानमा परेर म भोक र पिडामा हुदा ……

यहाँ कोही राजनीतिको आवरणमा
सन्चार माध्यम र सामाजिक संजालमा
एक अर्को विरुद्धमा दोहोरी खेलेको देखे ।
हो ती तिनिहरु नै थिए जो दशकौ देखि
म र मेरा छिमेकीहरु लाई यही खोला देखाएर
बिजयी बनी ठूलो श्वरमा चिच्याउने
हाम्रो मतको अपमान गर्ने माखो नमारी
भाषण मात्रै गर्नेका कारिन्दाहरु थिए …



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment