बिहीबार बढ्यो सुन र चाँदीको मूल्य

१२ साउन, काठमाडाैँ । साप्ताहिक कारोबारको पाँचौ दिन आज (बिहीबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो।

तोलामा ८०० रुपैयाँले बढेपछि बिहीबार छापावाल सुनको मूल्य ९४ हजार ८०० रुपैयाँ प्रतितोला पुगेको छ। यस्तै, तेजाबी सुनको मूल्य ९४ हजार ३०० कायम भएको छ।

बुधबार भने सुनको मूल्य तोलामा २०० रुपैयाँ घटेको थियो। बुधबार छापावाल सुन ९४ हजार र तेजाबी सुन ९३ हजार ५०० मा कारोबार भएको थियो।

बिहीबार चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार १८५ रुपैयाँ प्रतितोला पुगेको छ। बुधबार भने चाँदीको मूल्य प्रतितोला १ हजार १५५ पुगेको थियो।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarGold & SilvernepalNewsPolitic
Comments (0)
Add Comment