लघुकथा – “कथा भित्रकाे कथा”

दिपक खनाल “अगम”

१९ असार, काठमाडाैं ।
साहित्यिक परिवारमा जन्मेकी सानी धेरै दिदीबहिनी मध्यकी एक हुन् । विवेक अाफ्नाे काेठामा बसेर उनकै बारेमा केही लेख रचना लेखिरहेकाे हुन्छ ।

ऊ बारम्बार भन्छ ।

-“म सानीलाई हृदयदेखि नै प्रेम गर्छु !”

विवेक, सानी उपस्थित हुने अधिकाम्स सभा, गाेष्ठी र विमाेचन स्थलहरुमा पुगेकै हुन्छ । उनले हरेक विषय वस्तुमाथि गर्ने छाेटाे तर अब्बल व्याख्या शैली उसलाई सार्‍है मन पर्छ ।

जब सानी कुनै पनि बिषय वस्तुलाई व्यक्त गर्छिन् । उनलाई सुन्ने र अध्ययन गर्नेहरुकाे चेतनालाई झक-झकाउँछिन् , मनलाई काैतुहल र उद्धेलित बनाउदै फरक पृष्ठभूमिबाट साेच्ने बनाउछिन् । सानीले कुनैपनि विषय वस्तुलाई ब्याख्या गर्दा सधैं तीन शुत्रकाे वरिपरि केन्द्रीत हुन्छिन् । (१) अारम्भ (२) मध्य र (३) समापन त्यसैले उनको विश्लेषण प्रभावकारी हुनकाे साथै सन्देशमुलक पनि हुन्छ । विवेक सानी सँग प्रभावित भएर उनी सँगै विवाह बन्धनमा बाधिन चाहन्छ ।

एकदिन सानीले उसकाे प्रस्तावलाई इन्कार गर्दै भनिन् ।

-“हेर.. विवेक, याे सधैं व्यस्त हुनुपर्ने युगमा मलाई मनपराउने धेरै साथीहरू छन् ।

मलाई बुझ्न चाहानेहरुलाई म छाेटाे समयमा पनि धेरै कुरा बुझाउन र व्यक्त गर्न सक्छु भन्ने थाहा छ । त्यसैले धेरैले मन पराउनु स्वभाविक नै हाे । किनकि ? म अाख्यानकाे एक विधा सानी (लधुकथा) मात्र हुँ । तिमीले विवाहा गर्न मिल्ने सुन्दरी हाेइन् । सानीकाे अाश्चर्यचकित ध्वनि सुनेर विवेक यथार्थकाे धरातलमा डङ्रङ्ग पछारियाे ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarDipak KhanalhealthLockdownnepalNewsPoliticPotery
Comments (0)
Add Comment