आउ प्रियतम् रोपाइँ गरौ , श्रिङ्गारीक रचना

ममता अर्याल लैलै

१५ असार, काठमाडाैं ।

आउ प्रियतम्

हामी रोपाइ गरौ

बर्खा लागेको छ त्यसैले 

केही दिन भयो सिमसिम पानी परेको छ

तल बेसीमा भएको खेतमा आली लगाउनु छ।

आउ प्रियतम्

हामी रोपाइ गरौ

सिमसिम झरिमा भिज्दै हामी 

खेतमा आली लगाउ

अनि त्यो खेतलाई पहिले पानी छिपछिप भिजाउ

 खेतलाई हामी गीलो गीलो हिलो बनाउ

यही बेलामा मुसलधारे पानी परिदिन्छ

यही पानीको फाइदा उठाउदै हामी 

अब खेतलाई पुरै पानीले भिजाउ

आउ प्रियतम

हामी रोपाइ गरौ

पानीले भिजेको खेतमा हामी 

हिले जात्रा मनाउदै

धानका बीउ लगाउ 

हामी मेहनत गरौ

पसिना बगाउ

आउ प्रियतम्

हामी रोपाइ गरौ

अब त धेरै काम भयो 

थकाइ लागे जस्तो भयो 

एउटा कुटुरोमा पोको पारेर

दहि चिउरा केरा लेराएका थियौ 

हामी एउटा छाहारीमा बसेर खाजा खाउ।

आउ प्रियतम्

हामी रोपाइ गरौ।।

#लैलै✍️



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment