खेती गरौ मल बिउ छैन बाँझो राखे जरिवाना !

२१ जेठ, काठमाडौं । शम्भु पाैडेल

खेती गरौ मल बिउ छैन बाँझो राखे जरिवाना !
खाद्यान्नमा आत्म निर्भर क्या!गज्जब यो चाहाना !!
खुट्टा बाधी दौड भनी छाला ताछी नुनचुक छर्छौ !
सिन्को सम्म नभाच्नेले के? समृद्दीको कुरा गर्छौ !!

अनाबस्यक प्रदेश सरकार त्यस माथी भाग बण्डा !
मन्त्रालय दोब्बर थपी जनताको शिरमा डण्डा !!
अघाएको साढे भा छौ , कहिले यता कहिले उता !
तिमिलाई त मस्तीनै छ जनतालाई पो पिर ब्यथा!!

इन्धन मूल्य बढाएर जनताको ढाड सेकाउदै छौ!
क्रान्तिकारी छलाङ मार्दै नाङ्गो नाँच देखाउदै छौ !!
जन जीवन बेहाल भाछ के को ठुला कुरा गर्छौ ?
अर्थतन्त्र खोक्रो बनाइ अझै दिनमै रात पार्छौ ?

च्यातिएको मैलो कमिज उहीँ फाटेको टोपी मेरो ।
नयाँ बिहानीको पर्खाइमा जीवन भरी उहि अँध्यारो !!
हात मुख जोर्न लाई भौतारिन्छु जताततै ।
बेरोजगारी दुख पीडा शान्ति छैन मनमा कतै ।

शिक्षा स्वास्थ महङ्गो छ आकाशको फल भैछ!
कम्बल ओढि घिउ खाने म्याउ गर्ने चितुवा रैछौ !!
थकित ज्यान खाली पेट कति चिन्तित छ यो मन!
तिम्रो झुट र कुशासनले नरक भयो जन जीवन !!



मल्टिमिडिया ग्यालरी

businessCoronavirusNewsPolitic
Comments (0)
Add Comment