गोकर्णेश्वर- ५ मा नेपाली कांग्रेसको प्यानल नै विजयी

०३ जेठ, काठमाडौं । गोकर्णेश्वर- ५ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।

गोकर्णेश्वर नगरपालिकाको ५ मा नारायण बहादुर सुवेदीले पुन अध्यक्षमा विजयी भएका हुन । नेपाली कांग्रेसका सुवेदीले १७५५ मत ल्याएर अध्यक्षमा निर्वाचित भए ।

सुवेदीका निकटतम प्रतिद्धन्द्धि एमालेकी कुमारी सिम्खडाले ८१४ मत ल्याइन भने माओवादी केन्द्रले ६५५ मत ल्याएको छ । सुवेदी स्थानीय निर्वाचन २०७४मा पनि वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

वडा सदस्यमा कांग्रेसबाट महिला सदस्यमा लक्ष्मी पुडासैनी, दलित महिला सदस्यमा कमला नेपाली तथा खुल्ला सदस्यमा श्री बहादुर योगी र धर्म थिङ लामा विजयी भएका छन ।

गोकर्णेश्वर नगरपालिकमा वडा ०१, ०२, ०३ मा नेकपा एमालेले जितेको थियो भने वडा ४ मा स्वतन्त्र उम्मेद्वार विजयी भएका थिए ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNews
Comments (0)
Add Comment