आजको मौसम : यी पाँच प्रदेशमा हुँदैछ वर्षा

०२ जेठ, काठमाडौँ । भारतको बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र स्थानीय वायुका कारण आज देशका केही क्षेत्रमा वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान तथा लुम्बिनी र कर्णालीका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । राति पनि प्रदेश १ र गण्डकीका केही स्थान तथा बागमती र लुम्बिनीका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

त्यस्तै भोलि मंगलबार देशका केही स्थानमा मेघ गर्जन र चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। भोलि राति प्रदेश १, मधेस र लुम्बिनीका केही स्थान तथा गण्डकी र कर्णालीका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Buddha jayantibusinessCoronavirusCovid19digital khabardigitalkhabareducationelectionElection CommissionhealthInternationalKathmanduLocal ElectionLumbaninepalNewsPoliticPrime MinisterSher Bahadur DeubaVaccineVoteWeatherWorld Economics
Comments (0)
Add Comment