गोकर्णेश्वर नगरपालिकाका मेयरका उम्मेदवार दीपक रिसालनै किन?

२६ बैशाख, काठमाडाैं । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार समेत रहेका रिसालले ५ वर्षमा नगरवासीको नजिक रहेर आफूले धेरै काम गरेको भन्दै अब समृद्ध र विकसित नगरपालिका निर्माणका लागि मेयरमा उम्मेदवारी हाे । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा अधिकांश पालिकामा कुनै न कुनै किसिमको तालमेल भएका छन्। सत्ता गठबन्धनआबद्ध दलहरुले केन्द्रीय रूपमै घोषित तालमेल गरेका छन्।

गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेसकाे तर्फबाट मेयरका उम्मेदवार दीपक रिसालले नेपाली कांग्रेसको पक्षमा जनलहर उर्लेको बताएका छन् । चुनावी अभियान अन्र्तगत जनताको घरदैलो कार्यक्रममा निस्किएका उनले नेपाली कांग्रेसको उर्लिएको जनलहरले गोकर्णेश्वरमा नेपाली कांग्रेसको स्थान धेरै बलियो देखिएको दावी गरेका छन् ।

त्यसैले यसपटकको निर्वाचनमा अधिकांश स्थानमा दुई पक्षीय प्रतिस्पर्धा हुने निश्चितप्रायः छ। उम्मेदवारको मौलिक अजेन्डादेखि प्रतिस्पर्धी उम्मेदवारप्रतिको मूल्यांकनबारे पनि जिज्ञासा राखेका राख्दै यसपटक काठमाडौंको गोकर्णेश्वर नगरपालिका प्रमुखमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका दीपक रिसालनै किन ।

यो क्षेत्रको पर्यटकीयदेखि अन्य विकासका लागि पनि मैले केही योजना बनाएको छु। यो योजना अबको पाँच वर्षमा कार्यान्वयनमा लैजाने हो, त्यसपछि गोकर्णेश्वर स्व:निर्भर हुन्छ। जोरपाटी–सुन्दरीजल बाटो विस्तारको काम सक्नेदेखि नगरले अघि सारेका अन्य आयोजना पूरा गर्न मेरो नेतृत्व यहाँका जनताले आवश्यक भएको महसुस गरेका छन्। सुन्दरीजलदेखि शिवपुरीसम्मको पर्यटकीय क्षेत्रदेखि तारेभीरसम्मको विकासका लागि मेरो उम्मेदवारी हो।

त्यस्तै धार्मिक पर्यटकका लागि उत्तरवाहिनी, गोकर्णेश्वर मन्दिर, सुन्दरीजलको बीपी संग्रहालयलाई पर्यटकीय रुपमा विकास गर्ने योजना अघि सारेको छु। हामीले १६ करोड रुपैयाँमा पुनःनिर्माण गरेका छौं। यो स्थान अब पशुपतिपछिको धार्मिकस्थल हुने छ।

गोकर्णेश्वर काठमाडौंकै पहिलो नगर हो । जसले आफ्नो फोहोर आफैँ व्यवस्थापन गर्छ। हामी सिसडोलमात्र होइन अन्यत्र कतै फोहोर पठाउँदैनौं। हामीले जापान पुगेर फोहोर व्यवस्थापनको मोडेल हेरेर मेसिन ल्याएका छौं। नगरको फोहोर नगरभित्र व्यवस्थापन गरेका छौं। जल्ने फोहोर जलाउने, पुनः प्रयोग हुने र मल बनाउनेजस्ता कार्यक्रम चलाइरहेका छौं। अबका दिनमा पनि मैले फोहोर व्यवस्थापनका लागि काम गर्ने छु।

हामी नगरभित्रको फोहोर अब घर–घरमै प्रयोगमा ल्याउनेदेखि व्यवस्थापनसम्मका काम गर्छौं। कौसी खेतीदेखि अन्यमा त्यसको प्रयोग गर्न नगरले नै सहयोग गर्छ। कौसी खेती प्रतिस्पर्धादेखि गृहिणीहरुलाई फोहोर कसरी कम गर्नेसम्मका तालिम हामी दिन्छौं।

गोकर्णेश्वर गाउँ र नगर मिसिएर बनेको छ। बौद्धदेखि बागद्वारसम्म फैलिएको यो क्षेत्रमा दुवैलाई व्यवस्थापन गर्नुपर्ने छ। सुन्दरीजलदेखि माथिका गाउँहरुमा शिक्षादेखि स्वास्थ्यको पहुँच वृद्धि गर्नुपर्ने छ भने सहरमा स्वास्थ्यको चाप बढ्दै गएकाले गुणस्तरीय अस्पतालहरु निर्माण गर्नुपर्ने छ।

यसका लागि नगरले गुरुयोजना र पञ्चवर्षीय रणनीति बनाएर काम गर्छ। म व्यवस्थित योजनामा काम गर्ने मानिस हुँ। यसले रोजगारी पनि दिन्छ।

अब यो क्षेत्रमा रोजगारीका कार्यक्रमहरु वृद्धि गर्नुपर्ने छ। यसका लागि मेरो कार्यकाल स्वर्ण बनाउने योजना छ। मैले केही कुरा आफ्नो घोषणापत्रमा पनि उल्लेख गरेको छु। म यहाँ शिक्षा र स्वास्थ्यका लागि धाएर अरु नगर वा महानगरसम्म पुग्न नपरोस् र ग्रामीण पुरुष र महिलाहरुले पनि काम गर्न सक्ने हुनुपर्छ भनेर योजना बनाएर काम गर्ने छु।

त्यस्तै अहिले धेरै देखिएको समस्या युवा बेरोजगारी हो। यसका लागि युवाहरुलाई प्राविधिक शिक्षामा संलग्न गराएर गोकर्णेश्वरभित्रै त्यसको विस्तारको काम गर्ने छु। हस्तकला, कृषि उत्पादन र सीपमूलक रोजगारीका क्षेत्रमा लगानी गरेर काम गर्छु ।

यो क्षेत्रमा नेपाली कांग्रेसकै बाहुल्यता छ। त्यही पनि हामीसँग प्रतिस्पर्धा हुने भनेको नेकपा एमाले र माओवादी केन्द्रको हो। माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरेर प्रतिस्पर्धा गरिरहेका छन्। त्यस्तै केही संख्यामा राप्रपाका मतदाता पनि छन्। मुख्य रुपमा एमालेसँग प्रतिस्पर्धा हो। अरुलाई पनि सामान्यचाहिँ सोच्न मिल्दैन। निर्वाचन भनेको प्रतिस्पर्धा हो। सबैसँग प्रतिस्पर्धा हुन्छ भन्ने सोच राखेर मैले चुनाव प्रचार थालेको छु।

यहाँको धर्म, संस्कृति र नैतिकता पढाउनुपर्छ भनेर हामीले नै पहिलोपटक स्थानीय पाठ्यक्रम सुरुवात गरेका हौं। अहिले यो किताब लोकप्रिय भएको छ। यो निजी र सरकारी दुवैमा पढाइ हुन्छ। अहिले ८ कक्षासम्म यसको पढाइ हुन्छ। म सल्लाहकार हुँदा १६ वटा माध्यमिक विद्यालयमा नयाँ अभ्यास सुरु गरिएको थियो। ती योजनालाई अब निरन्तरता दिने हो।

जोरपाटीदेखि बागद्वारसम्मका क्षेत्रलाई समान बनाउन नगरले अब योजना बनाउँछ। शिक्षा र स्वास्थ्यमा हामी राजनीति गर्दैनौं। सबै विद्यालयमा प्राविधिक शिक्षा लागू हुनपर्छ भन्ने मेरो धारणा हो। यसका लागि पनि नगरले अब काम गर्छ।

स्वास्थ्य बिमाको काम अब नगरपालिकाले गर्ने छ। नेपाल मेडिकल कलेजलाई नगरले सहयोग गरेको छ। तर, त्यो निजी हो। हामीले नगर अस्पतालको अवधारणालाई नै अगाडि बढाउनु पर्छ। गोकर्णमा रहेको नगर अस्पताललाई अब सहरी अस्पताल पनि बनाउनुपर्छ।

रिसालले भनें– ‘म राजनीति, समाजसेवा र शैक्षिक विकासका क्षेत्रमा लामो समयदेखि क्रियाशिल भईरहेको छु, सामाजिक कार्य गरेर जनताको मन जितेको छु, राजनीतिक रुपमा पनि संगठन र विकासका लागि काम गरेको छुँ । चुनाब जित्ने कुरामा ढुक्क छु ।’

रिसालले गोकर्णेश्वर नगरपालिकालाई विकसित गर्ने, समृद्ध नगर बनाउने उदेश्य लिएर आफू राजनीतिमा निरन्तर क्रियाशिल भएकोले नगरपालिकामा शिक्षा र स्वास्थ्य सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउने उदेश्य लिएको बताए । उनले आर्थिक अवस्था कमजोर रहेका नगरवासीका लागि आफूले निःशुल्क शिक्षा र स्वास्थ्य सुविधा सुनिश्चित हुने गरी काम गर्ने बताए ।

रिसाल कोरोना कहरको कठिन समयमा उपचारमा सहयोग गरेर र आर्थिक अवस्था कमजोर भएका नगरवासीहरुका लागि स्वास्थ्य उपचारमा उल्लेखनीय सहयोग गरेर जनस्तरमै लोकप्रिय समेत छन् ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid19digital khabardigitalkhabareducationelectionElection CommissionGokarneshworhealthInternationalKageshworinepalNewsPoliticPrime MinisterSher Bahadur DeubaUpendra KarkiVaccineVoteWeatherWorld Economics Dipak Risal
Comments (0)
Add Comment