कर्तव्‍य ज्यान मुद्दाका फारार अभियुक्त ३ वर्षपछि पक्राउ

२२ वैशाख, काठमाडौं । प्रहरीले कर्तव्‍य ज्यान र ज्‍यान मर्ने उद्योगको फरार अभियुक्तलाई ३ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका-१० घर भई काठमाडौंको चन्द्रागिरि नैकाप बस्‍ने २५ वर्षीय मुण्डा भन्‍ने सरोज सुन्दास रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले नैकापबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई आवश्‍यक कारबाहीको लागि काठमाडौं जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार २०७५ साल मंसिर ८ गते दिउँसो तीनकुने गैरीगाउँस्थित पेट्रोलपम्प नजिकै महेश परियार, मनिष बाँनिया र मुण्डा भन्‍ने सरोज सुन्दासले चक्कु प्रहार गरी हत्या गरेका थिए ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment