ललितपुरमा ट्रकको ठक्करले बाटो काटिरहेकी महिलाको मृत्यु

१४ जेठ, काठमाडौं । ललितपुरको सातदोबाटोमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।

ना ८ छ ७५०६ नम्बरको ट्रकले बाटो काट्दै गरेकी काभ्रेको धुलिखेलकी ४० वर्षीया अप्सरा दाहाललाई ठक्कर दिएको थियो।

उपचारका लागि तत्कालै पाटन अस्पताल पु¥याइए पनि उनको मृत्यु भएको ललितपुर प्रहरी प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए।

प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment