आर्सनलविरुद्ध रोनाल्डो पनि खेल्ने

काठमाडौँ । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो इंग्लिस प्रिमियर लिगअन्तर्गत आज हुने आर्सनलविरुद्धको खेल खेल्ने भएका छन् । आफ्नो नवजात छोराको निधनपछि रोनाल्डो यसअघि लिभरपुलविरुद्धको खेलमा अनुपस्थित रहेका थिए ।

रोनाल्डो अनुपस्थित सो खेलमा म्यानचेस्टर युनाइटेड लिभरपुलसँग ४-० गोल अन्तरले पराजित भएको थियो । म्यानचेस्टर युनाइटेडका प्रशिक्षक राल्फ राङ्गनिकले रोनाल्डो प्रशिक्षणमा फर्किएको र शनिबारको खेल खेल्ने पुष्टि गरेका छन् ।

रोनाल्डोले आफ्नो पछिल्लो खेलमा नर्विचविरुद्ध ह्याट्रिक गरेका थिए । राङ्गनिकले क्रिस्टियानो रोनाल्डो आर्सनलसँग प्रिमियर लिगको खेलका लागि छनोटका लागि उपलब्ध रहेको पुष्टि गरेका हुन् । त्यस्तै पाउल पोग्वा भने इन्जुरीका कारण खेल्न नसक्ने भएका छन् ।

राङ्गनिकले पोग्वाका बारेमा भने- ‘डाक्टरले मलाई यो कम्तिमा चार हप्ता लाग्ने बताएको छ र अन्तिम खेल मेको अन्त्य भएकोले, मलाई लाग्दैन कि उनी खेल्ने सम्भावना छ ।’ म्यानचेस्टर युनाइटेड र आर्सनलबीचको खेल नेपाली समय अनुसार साँझ सवा ५ बजेपछि शुरु हुनेछ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid19digital khabardigitalkhabareducationfootballhealthInternationalMeetingnepali congressNewsPoliticPrime MinisterSher Bahadur DeubasportsVaccineWeatherWorld Economics
Comments (0)
Add Comment