बालुवाटार बैठक: संयुक्त छलफलपछि छुट्टा–छुट्टै आन्तरिक छलफलमा दलहरु

०७ बैशाख, काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी सत्तारुढ गठबन्धनको बैठकमा स्थानीय तहको भागबण्डाबारे सहमति जुटाउन दलहरुले आन्तरिक छलफल पनि सुरु गरेका छन्।

बुधबार संयुक्त छलफल सुरु भएपछि गठबन्धनमा सहभागी दलहरु आ–आफ्नो प्रस्ताव तयार पार्न छुट्टा–छुट्टै आन्तरिक छलफलमा जुटेका हुन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरु आ–आफ्नो दाबी रहने स्थानीय तहको बारेमा छलफल गर्न छुट्टै आन्तरिक छलफलमा जुटेका हुन्।

बालुवाटारमै जारी छुट्टा–छुट्टै छलफल सकिएपछि सबै दलका नेताहरुको संयुक्त छलफल सुरु हुने बैठकमा सहभागी नेपाली कांग्रेसका एक नेताले जानकारी दिए।

‘अहिले सबै दलका नेताहरु आ–आफ्नो प्रस्ताव तयार पार्न छुट्टा–छुट्टै आन्तरिक छलफलमा जुट्नुभएको छ। आन्तरिक छलफल सकिएपछि संयुक्त छलफल सुरु हुन्छ,’ ती नेताले भने, ‘स्थानीय तहमा कुन पार्टीको उम्मेदवार कहाँ कुन पदमा उठ्ने भन्ने विषयमा आज नै सहमति हुन्छ।’

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment