स्थानिय निकायकाे निर्वाचनमा गाेकर्णेश्वर नगरपालिका वडा नं ८ काे नेपाली कांग्रेसका प्रबल दाबेदार सदस्य उमेदवारमा युवा नेता सिताराम दाहाल

२४ चैत, काठमाडौं । नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ३ को वडा तहको क्षेत्रीय प्रतिनिधि पदमा अत्यधिक बहुमतले बिजयी भएका युवा ब्यवसायी सिताराम दाहालले स्थानिय निकायकाे निर्वाचनमा गाेकर्णेश्वर नगरपालिका वडा नं ८ काे सदस्य पदमा प्रवल दाबेदारका रुपमा उदयमान छन् ।

स्थानीय चुनावलाई लक्षित गर्दै “घर घर जाऔं काङ्ग्रेस जिताऔं ” अभियानकै रूपमा देशैभर नेपाली काङ्ग्रेसले संचालन गरिरहदा नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नं ३ को वडा तहको क्षेत्रीय प्रतिनिधि सिताराम दाहालले नेता र कार्यकर्ताको भेटघाटलाई सहज एवं प्रचार प्रसारलाई अझ प्रभावकारी बनाउन वडा स्तरमा लागिपर्ने कुराकाे जानकारी डिजिटल खबरलाई दिनुभयो ।

चुवानी माहोलमा युवा व्यवसायी, जेहेन्दार युवा नेता दाहाल भने नेपाली काँग्रेसमा पार्टीकाे बागडाेर अब बिस्तारै युवा पुस्ताले सम्हाल्नु पर्ने र अनेकौ आरोह अवरोह चिर्दै अब काङ्ग्रेस समग्र वडा एक ढिक्का भएर जनताको सेवक बन्ने; उनले बताए ।

नेपाली कांग्रेसका युवा नेता सिताराम दाहाल युवा व्यवसायी तथा सामाजिक कार्यकमा सक्रिय छन् । उनी जोरपाटी गाेकर्णेश्वर – ८ निवासी हुन् । नाकाबन्दी, भुकम्प र काेभिड १९ काे माहामारीमा समेत न दिन न रात भनि अनेकौ आरोह अवरोह बिच जनताकाे सेवामा जुटेका दाहाल जनताकाे साथ र सहयाेग पाएमा आगामी स्थानिय निकायकाे निर्वाचनमा आफ्नाे प्रबल सम्भावना भएकाे बताउदै अझै निरन्तर रुपमा जनताकाे सेवक भईरहने स्प्रष्ट पार्छन ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid19digital khabardigitalkhabareducationGokarneshworhealthInternationalnepalnepali congressNewsPoliticPrime MinisterSher Bahadur DeubaSitaram DahalVaccine
Comments (0)
Add Comment