नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ३ को वडा तहको क्षेत्रीय प्रतिनिधि पदमा सिताराम दाहाल अत्यधिक बहुमतले बिजयी

०७ असोज, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको वडा अधिवेशनका कारण जिल्लाहरुमा राजनैतिक माहोल तातेको छ । कांग्रेसमा पछिल्लो चरणमा युवा पुस्ताहरु आकर्षण बढेको देखिन्छ ।

यही कांग्रेसको चुवानी माहोलमा युवा व्यवसायी, जेहेन्दार युवा नेता सिताराम दाहाल नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ३ वडा तहको क्षेत्रीय प्रतिनिधि पदमा अत्याधिक मतले बिजयी भएका छन् ।

दाहाल नेपाली काग्रेसको वडा तहको क्षेत्रिय प्रतिनिधी पदमा बहुमतले निर्वाचित भै विजयी हुनु भएको हो । उनी प्रदेश ३ बागमती प्रदेश काठमाडौं जिल्ला प्रतिनिधि सभा क्षेत्र न. ३. प्रदेश सभा क्षेत्र न. २ नगर गोकर्णेश्वर नगरपालिका वडा – ०८ बाट निर्वाचित भएका हुन ।

जितपश्चात दाहालले भने मलाई नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ३ को क्षेत्रीय प्रतिनिधि पदमा निर्वाचित गरिदिनुभएकोमा गाेकणेश्वर न पा ८ का सम्पूर्ण क्रियाशील सदस्यज्यूहरुप्रति हार्दिक आभार प्रकट गर्दछु । साथै मलाई जिताउन सहयाेग गर्नुहुने सम्पूर्ण मित्रहरू, शुभचिन्तक, तथा नेता ज्यू हरू तथा निर्वाचनमा खटिनु भएका कर्मचारीहरू लगायत सबै जनालाई हार्दिक धन्यबाद ब्यक्त गर्दछु।।।जय नेपाल जय नेपाल भन्नुभयो ।

नेपाली कांग्रेसका युवा नेता सिताराम दाहाल युवा व्यवसायी तथा सामाजिक कार्यकमा सक्रिय छन् । उनी जोरपाटी गाेकर्णेश्वर – ८ निवासी हुन् । दाहालले भने मेरो विजयले मलाई थप जिम्मेवारी थपेको छ । म निश्वार्थ रुपमा नेपाली कांग्रेसको विधान तथा आँचरण अनुसार राजनैतिक कर्म गर्ने बताउनुभयो ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarGokarneshworLockdownnepali congressNewsPolitictechnology
Comments (0)
Add Comment