त्रिकोणात्मक टी-२० श्रृंखलामा नेपालको लगातार दोश्रो जित

१७ चैत, काठमाडाैँ । त्रिकोणात्मक टी-२० श्रृंखलामा नेपाल लगातार दोश्रो जित हात पार्न सफ भएको छ । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार दोश्रो लिग हासिल गरेको हो ।

जितका लागि मलेसियाले दिएको ११५ रनको लक्ष्य नेपालले ३१ ओभर ४ बलमा ४ विकेट गुमाएर पुरा गर्यो ।

नेपालको जितमा आसिफ शेखले ३८ बलमा ४ चौका र १ चक्काको मद्दतमा ५७ रनको अर्धशतकीय इनिङ खेले । यस्तै दिपेन्द्र सिंह ऐरीले २१ रन जोड्दा दिलिप नाथ १५ रनमा अविजित रहे । दिलिपको यो टी-२० अन्तर्राष्ट्रिय श्रृंखलामा डेब्यु खेल हो ।

बलिङमा मलेसियाका लागि पवनदीप सिंहले २ विकेट लिदा मुहमद अमिर र सेयद अजिजले १-१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११४ रन बनाएको थियो।

मलेसियाका लागि जुबैदी जुल्किफ्लेले सर्वाधिक ३२ रन जोड्दा कप्तान अहमद फैजले २४ तथा मुहमद अमिरले १६ रन बनाए ।

बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछाने र करण केसीले समान २-२ विकेट लिए । यस्तै अविनास बोहरा, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए । यस जितसँगै नेपाल दुई खेलबाट २ अंक जोड्दै शिर्ष स्थानमा रहेको छ ।

नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई १५ रनले पराजित गरेको थियो । यता मलेसिगाको भने यो पहिलो हार हो । उसले आफ्नो पहिलो खेलमा पीएनजीलाई ८ रनले पराजित गरेको थियो ।

दुई खेलबाट २ अंक सहित मलेसिया दोश्रो स्थानमा रहँदा समान खेल खेलेको पीएनजी अंक बिहीन रहँदै तालिकाको पुछारमा रहेको छ ।

नेपालले अब तेश्रो खेलमा बिहीबार भोलि पीएनजीसँग खेल्नेछ । नेपाल र पीएनजीबीचको खेल मध्यान्ह १२:३० बाट शुरु हुनेछ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19CricketDeathdigital khabarhealthLockdownnepalNewsPoliticSports News
Comments (0)
Add Comment