रुपन्देहीको तिलोत्तमा सीई कन्स्ट्रक्सनकाे माया कम्प्लेक्स

१० फागुन, काठमाडाैं । “अन योर, अन होम भन्ने भन्ने नाराका साथ” सीई कन्स्ट्रक्सन प्रालिले लुम्बिनीमा माया कम्प्लेक्स प्रोजेक्ट सुरु गरेको छ । माया डेभलपर्सले रुपन्देहीको तिलोत्तमामा माया कम्प्लेक्सको नयाँ प्रोजेक्ट सुरु गरेको हो । आयोजनाको निर्माण र व्यवस्थापन सीई कन्स्ट्रक्सनले गरेको हो । सीईले त्यहाँं आवास, अपार्टमेन्ट र व्यावसायिक कम्प्लेक्स समावेश गर्ने परियोजना प्रस्तुत गरेको हो ।

पहिलो चरणमा माया डेभलपर्सले माया रेसिडेन्सी ल्याएको छ । कम्पनीले पहिलो चरणमा त्यहाँं ४० रोपनी क्षेत्रफलमा ४८ ओटा घरहरु बनाउने छ । दोश्रो चरणमा २४ रोपनी क्षेत्रफलमा ३२ ओटा आवास गृहहरु बनाउने योजना छ । तेश्रो चरणमा भने त्यहाँं अपार्टमेन्ट तथा व्यापारिक कम्प्लेक्स बनाउने योजना रहेको कम्पनीले बताएको छ ।

आयोजना बुद्धचोक, भैरहवाबाट ६ किलोमिटर र राजमार्गबाट १ दशमलव १ किलोमिटरको दुरीमा अवस्थित छ । सबै सुविधाहरूको साथमा बस्ने समुदायमा घर बनाउने सपना देख्नेहरूका लागि यो परियोजना लक्षित छ । माया रेसिडेन्सीमा बालबालिकाको खेल्ने क्षेत्र, हेल्थ क्लब, स्विमिङ पुल, मन्दिर र त्यहाँका बासिन्दाहरूको जीवनस्तर उकास्ने अन्य सुविधाहरू हुने छन् ।

दुई हजार ६० वर्ग फुटदेखि दुई हजार दुई सय वर्ग फुटसम्मको निर्माण क्षेत्र रहेको आधुनिक र परम्परागत लुकको संयोजनमा साढे दुई तले भवनको डिजाइन त्यहाँं गरिएको छ । विकासकर्ताहरूले घर खरिदकर्ताहरूलाई छनोट गर्नका लागि तीन प्रकारका डिजाइनहरू प्रस्ताव गर्नसक्ने जनाइएको छ ।

चार बीएचके हाउसमा भान्छा घर, बाथरुम, बस्ने र खाने ठाउँ, लुगा धुने कोठा, पूजा कोठा र परिवार कोठाका साथै बालकनी र कोठरी हुने छन् । विकासकर्ताहरुका अनुसार उनीहरुले सम्पत्तीको बुकिङ खुला गरिसकेकाले आवश्यकता अनुसार प्लट छनोट गर्न सक्ने छन् ।

माया कम्प्लेक्सलाई यस क्षेत्रको ल्यान्डमार्क बन्ने परिकल्पनाका साथ आयोजनाको निर्माण र व्यवस्थापन भने सीई कन्स्ट्रक्सनले गर्ने  छ ।

सीई कन्स्ट्रक्सन २९ वर्ष अगाडि स्थापित नेपालकै सबैभन्दा पुरानो अनि विश्वसनीय रियल स्टेड (हाउजिङ, अपार्टमेन्ट निर्माण गरिदिने) कम्पनी हो ।



मल्टिमिडिया ग्यालरी

Bijay Raj BhandariBuildingbusinessCECe ConstructionCoronavirusCovid-19Deathdigital khabarhealthLockdownMaya ComplexnepalNewsPoliticRupendahiTilittama
Comments (0)
Add Comment