गठबन्धनको अन्तिम ‘उत्सव’ सकियो, अब हुने निर्वाचन ‘रियल’ हो : उपमहासचिव रिमाल

१३ माघ, काठमाडाैँ । राष्ट्रिय सभामा गठबन्धनको जितलाई नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले अन्तिम उत्सवको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल ट्विटरमा आफ्ना भनाइ राख्दै उनले अब हुने निर्वाचन ‘रियल’ हुने उल्लेख गरेका हुन्।

उनले भनेका छन्, ‘राष्ट्रियसभाको हिजो संपन्न निर्वाचनबाट अपहरित पुरानो जनमतको बलमा गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ सकियो। अब हुने निर्वाचन ‘रियल’ हो, जसले नयाँ जनादशेको मानक तय गर्नेछ।’

निर्वाचन हुँदा एक्लो एमाले सिङ्गो गठबन्धनमाथि भारी हुने भएकैले चुनावबाट भाग्ने बहानावाजी गरिरहेको उनको आरोप छ। ‘संविधान र कानुनमा छिद्र पार्दै त्यसबाट छिरेर मिहेनतका साथ जारी गरिएको संविधान च्यात्ने धुनमा उनीहरु छन्,’ उनी भन्छन्।

राष्ट्रिय सभाका १९ सिटका लागि भएको निर्वाचनमा एमालेले एकमात्र जितेको छ। प्रदेश १ मा सोनाम गेल्जेन शेर्पाले जितेका हुन्।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCovid-19Deathdigital khabarFacebookKathmanduLockdownnepalNewsPolitic
Comments (0)
Add Comment