प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित

०६ माघ, काठमाडौँ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान सामान्य प्रभावित भएको छ । काठमाडौंको आकाशमा बिहानैदेखि मौसमका कारण विमानस्थलामा आन्तरिक उडान सामान्य प्राभावित भएको विमानस्थलका नागरिक उड्डयन कार्यालयले जनाएकाे छ ।

काठमाडौंबाट उडान हुने जिल्लाहरुमा बिहानैदेखि मौसम प्रतिकूल भएका आन्तरिक उडान हुन हुन नसकेको बताइएकाे छ । तर नेपालगञ्ज र पोखरामा भने उडान भइरहेको छ । विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय उडान भने भइरहेको जनाएको छ ।

यता, देशको पहाडी भूभागका केही स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले जारी गरेको बुलेटिनअनुसार देशका केही स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

देशभर अझै चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

हाल देशमा पश्चिमी वायुको प्रभावले गर्दा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै, पश्चिम र पूर्वी तराई भेगमा हुस्सु÷कुहिरो लागेको छ । मधेस प्रदेशमा शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । त्यस्तै हिमाली जिल्लाहरूमा पनि चिसोका कारण जनजीवन प्रभावित भएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahiroBusinesbusinessDeathdigital khabarhealthKathmanduNepali NewsRain
Comments (0)
Add Comment