लोक सेवा आयोग लुम्बिनी प्रदेशले माग्यो चौथो तहमा कर्मचारी

२८ वैशाख, काठमाडाैं । लोक सेवा आयोग लुम्बिनी प्रदेशले स्थानीय तह अन्तरगतका सहायक चौथो तह अप्राविधिक पदहरुमा दरखास्त आह्वान गरेको छ । आयोगले शुक्रबार एक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।

आयोगल कुल ५० जना कर्मचारी माग गरेको छ । तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले आयोगको विद्युतीय दरखास्त प्रणाली www.ppsconline.lumbini.gov.np बाट अनलाइनबाट आवेदन दिन सक्ने छन् ।

इच्छुक उम्मेदवारले आज शुक्रबारदेखि जेठ १७ गतेभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalPolitic
Comments (0)
Add Comment