धनी व्यक्ति झन्झनै धनी हुँदै, काेराेना संकटमाझ हरेक दिन नयाँ अर्बपति थपिँदैछन्

०४ माघ, बीबीसी । कोरोना भाइरसको महामारीको कारण विश्वका सबैभन्दा धनी केही व्यक्ति झन्झनै धनी हुँदै गएको तथा अधिकांश अन्य व्यक्ति अझै गरिबीमा बाँच्न बाध्य भएको दातृ संस्था ओक्सफामले जनाएको छ ।

ओक्सफामले सार्वजनिक गरेको प्रतिवेदनअनुसार प्रत्येक दिन विश्वका २१ हजार व्यक्तिको न्युन आयस्रोतकै कारण मृत्यु भइरहेको भयावह वास्तविकता उजागर गरेको छ ।

ओक्सफामका अनुसार सन् २०२० को मार्चयता विश्वका सबैभन्दा दशजना धनी पुरुषको संग्रहित सम्पत्ति दोब्वर भन्दा बढी भएको छ ।

डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको बैठकमा ओक्सफामले विश्वव्यापी आर्थिक असमानताबारे यसरी प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ ।

स्विस स्की रिसोर्ट डाभोसमा बर्सेनी आयोजना हुने यस मञ्चको कार्यक्रममा उपस्थित हजारौं कर्पोरेट तथा राजनीतिक नेता, लब्ध प्रतिष्ठित व्यक्तित्व, अभियन्ता, अर्थविद् तथा पत्रकारहरु छलफल, मदिरा पार्टीहरु तथा गफमा व्यस्त रहन्छन् । तर यसपालि पनि अर्थात् लगातार दोस्रोवर्ष पनि यसै साता मञ्चको बैठक अनलाइनमार्फत सम्पन्न गरिने भएको छ । कोरोनाको पछिल्लो विकसित स्वरुप ओमिक्रोन भेरियन्टको कारण यसपालि पनि साक्षात्कार बैठक रद्द हुन पुगेको हो ।

यस साताको बैठक महामारीको भावि पथ, खोपको समान वितरण र उर्जाको विकल्पककाबारे छलफल केन्द्रित हुने भएको छ ।

ओक्सफामको जिबिका प्रमुख कार्यकारिणी अधिकारी ड्यानी श्रीस्कान्दारजाहले भनेका छन्, “यस दातृ संस्थाले प्रत्येक वर्ष आर्थिक, व्यापारिक तथा राजनीतिक सम्भ्रान्तहरुका ध्यानाकर्षण गर्ने उद्देश्यले डाभोस बैठक सम्मुख यसरी प्रतिवेदन सार्वजनिक गर्दछ । यसपालिको प्रतिवेदन सोचेको भन्दा धेरै नै फरक छ । महामारीकाबेला हरेक दिनजसो विश्वमा नयाँ अर्बपति थपिँदैछन् , जबकि ९९ प्रतिशत विश्वको जनसंख्या लकडाउन, न्युन अन्तर्राष्ट्रिय व्यापार तथा न्युन अन्तर्राष्ट्रिय पर्यटन जस्ता कारण गरिबहरु झनझनै गरिबीको मारमा थिचिँदै छन् ।”



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment