विन्टर ओलम्पिक्सका लागि हाल चीनले विशेष तयारी, खाना तयार गर्नेदेखि पस्किने सम्मका सबै काम रोबोटले गर्ने

०२ माघ, बेइजिङ । २०२२ को विन्टर ओलम्पिक्सका लागि हाल चीनले विशेष तयारी गरिरहेको छ । विभिन्न विवाद र महामारीको अवस्थाका कारण पनि चीनका लागि यो महत्वपूर्ण समारोह सोचेभन्दा धेरै नै चुनौतीमय साबित भइरहेको छ ।

यस्तोमा मानव सम्पर्क सकेसम्म कम गराउने उद्देश्यले यतिबेला बेइजिङको ओलम्पिक भिलेजको क्यान्टिनमा खाना तयार गर्नेदेखि पस्किने सम्मका सबै काम रोबोटले गर्ने भएको छ ।

यसमा भात, बर्गर, नुडल्स जस्ता खानेकुरा रोबोटिक शेफले नै पकाउनेछ ।

खेलको मिति नजिकिएसँगै चीनले कोभिड सम्बन्धी मापदण्डहरु अझ कडा रुपमा लागू गरिरहेको छ । खेलको अवधिभरि खेलाडी सहित मिडिया लगायत अन्य सबै स्टाफ एउटा बन्द क्षेत्रमा सिमित रहनुपर्ने हुन्छ । यसमा उनीहरुले शारीरिक रुपमा बाहिरी दुनियाँको पहुँच पाउनेछैनन् ।

र निर्धारित परिसर बाहिरबाट खानेकुरा समेत डेलिभरि गर्न अुनमति छैन । त्यसैगरी ओलम्पिक भिलेजलाई सुरक्षित राख्न निरन्तर डिसइन्फेक्ट गर्नका लागि पनि रोबोटहरु खटाइने बताइएको छ । बेइजिङ विन्टर ओलम्पिक्स आगामी फेब्रुअरी ४ देखि २० सम्म हुनेछ । साउथ चाइना मर्निङ पोस्ट



मल्टिमिडिया ग्यालरी

businessChinaCoronavirusCovid19digital khabardigitalkhabareducationhealthInternationalNewsOlympicPoliticSports NewstechnologyVaccine
Comments (0)
Add Comment