सिरहामा बुधबारसम्मका लागि निषेधाज्ञा जारी

१३ पुस, सिरहा । सिरहामा निषेधाज्ञा जारी गएिको छ । जनमत पार्टीले केही दिनदेखि आमहडताल र चक्काजाम गरेपछि सिरहामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

प्रशासनले बुधबारसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको जनाएको छ । बुधबारसम्म बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्मका लागि बाहिर ननिस्कन, भेला नहुन, राजनीतिक सभा सम्मेलन नगर्न आग्रह गरेको छ ।

पूर्वमा बलान खोला, पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर दक्षिण ५०० मिटर आसपासका क्षेत्रसम्म तथा चोहर्वादेखि सिराहा सडकखण्डको पिके राज इन्टरप्राइजेज (पेट्रोल पम्पसम्म) र सो मार्गको ५०० मिटर पूर्वपश्चिम आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment