लगातार पाँचौ जितका लागि नेपालले आज किर्गिस्तानसँग खेल्दै

१२ पुस, काठमाडाैँ । एभीसी एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको फाईनलमा पुगिसकेको नेपाली महिला राष्ट्रिय टोलिले आज लिग चरणको अन्तिम खेल खेल्दैछ ।

बंगलादेशको ढाकामा रहेको शहिद शुरवार्दी इन्डोर स्टेडियममा प्रतियोगिताको अन्तिम लिग खेलमा नेपालले आज किर्गिस्तानको सामना गर्न लागेको हो ।

यो खेल आज नेपाली समयानुसार बिहान ११ः१५ बजेबाट शुरु हुनेछ । लगातार चार खेल जित्दै साविकको विजेता समेत रहेको नेपाली राष्ट्रिय महिला टोलि फाईनलमा पुगिसकेको छ ।

आईतबार नेपालले चौथो खेलमा उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै फाईनलमा स्थान सुरक्षित गरेको थियो ।

नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–२ को सेटमा हराएको थियो भने दोश्रोे खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । यसैगरी शनिबार भएको तेश्रो खेलमा नेपालले आयोजक बंगलादेशमाथि पनि सोझो सेटको जित निकालेको थियो ।

आजै उज्वेकिस्तान र श्रीलंकामा आ–आफ्नो अन्तिम लिग खेल खेल्दैछन् । यो खेलको विजेताले नेपालसँग उपाधिका लागि पुष १३ गते फाईनलमा भिडन्त गर्नेछ ।



मल्टिमिडिया ग्यालरी

businessDeathdigital khabarhealthKathmandunepali sports newsSports NewsVollyball
Comments (0)
Add Comment