नेपाली काँग्रेसको निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणाम सच्याएर पुन सार्वजनिक

२८ मंसिर, काठमाडाैं । नेपाली काँग्रेसको निर्वाचन समितिले यसअघि सार्वजनिक गरेको मत परिणाम सच्याएको छ । यसअघि डा. शेखर कोइरालाले पाएको भनिएको १ हजार ७ सय २९ मतबाट २७ मत घटाएर १ एक हजार ७०२ मत कायम गरिएको छ । त्यसैगरी विमलेन्द्र निधिले पाएको मतमा एक मत थपेर २५० मत कायम गरिएको छ भने कल्याण गुरुङको मतमा २ मत थपेर २२ मत कायम गरिएको मिडिया सेन्टरका सुरेश आचार्यले जानकारी दिए ।

यसअघि सार्वजनिक गरिएको शेरबहादुर देउवाको २ हजार २५८ मत कायमै भएको छ । त्यस्तै प्रकाशमान सिंहले पाएको ३७१ मत पनि सदर भएको छ । कुल ४ हजार ६८१ मतदातामध्ये ७७ मत बदर भएको आचार्यले बताए । यसो गर्दा बदर र प्राप्त मतको योगफल कुल खसेको मत ४६८१ भन्दा एक मत बढी हुन जान्छ ।

आचार्यले दिएको यो विवरण अनुसार कुल मतदाताभन्दा २३ मत बढी देखिएको थियो । कुल मतदाता ४ हजार ६८१ जना रहेको भनिएको छ । तर, पाँच जना सभापतिका उम्मेदवारले पाएको मत र बदर मत समेत जोड्दा ४ हजार ७०४ मत हुन जान्थ्यो । अर्थात् कुल मतदाता भन्दा खसेको २३ बढी हुन जान्थ्यो । आचार्यले कुल मत ४ हजार ६८१ मध्ये ७७ मत बदर हुन गई बाँकी मत ५ जना सभापतिका उम्मेदवारले पाएको बताएका छन् । यसो गर्दा पाँच उम्मेदवारले पाएको मत ४ हजार ६ सय ४ मात्र हुनुपर्नेमा पाँच उम्मेदवारले पाएको मतको योगफल ४ हजार ६२७ हुन जान्छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deubadigital khabarLockdownnepalNewsPMPolitics
Comments (0)
Add Comment