काँग्रेस महाधिवेशन : आज मनोनयन दर्ता

२५ मंसिर, काठमाडौं । नेपाली काँग्रसको महाधिवेशन अन्तर्गत आज दोस्रो दिन नेतृत्व चयनको प्रक्रिया सुरु हुँदैछ । जसका लागि शनिबार बिहान १० बजेदेखि मनोनयन दर्ताको तालिका तय गरिएको छ । मनोनयन दर्ता साँझ ५ बजेसम्म जारी रहनेछ । यस्तै उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।

यसैगरी उम्मेदवारको पहिलो नामावली प्रकाशन राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय आइतबार बिहान ११ बजेसम्म तोकिएको छ ।

त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन आइतबार दिउँसो १२ः१५ बजे र मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि सुरु हुनेछ । मतदान सकिएलगत्तै मतगणना सुरु हुनेछ ।

कांग्रेसको सभापतिमा शेरबहादुर देउवा र विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरेका छन् भने रामचन्द्र पौडेल पक्ष अझै उम्मेदवारविहीन रहेको छ । पौडेल पक्षमा प्रकाशमान सिंह र डा शेखर कोइरालाले आफ्नो दावी नछाडेपनि सहमति हुन नसकेको हो । आज पनि पौडेल पक्ष बिहानैदेखि छलफलमा रहने बताइएको छ । काँग्रेसमा विशेषगरी देउवा पक्षर पौडेलपक्षबीच कडा टक्कर हुने बताइएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment