सुनको मूल्यमा शुक्रबार सामान्य गिरावट, चाँदी स्थीर

१७ मंसिर, काठमाडाैँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा २०० रुपैयाँले घटेको हो । शुक्रबार सुनको मूल्य घटेपनि चाँदीको मूल्य स्थीर रहेको महासंघले जनाएको छ ।

महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ, तेजावी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार १९० रुपैयाँ कायम गरिएको छ ।

बिहीबार छापावाला सुनं तोलाको ९१ हजार ५०० रुपैयाँ, तेजावी सुन ९१ हजार रुपैयाँ र चाँदी प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घले अन्तरर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतार चढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७२डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २२.४१ डलर आसपासमा कारोबार भइरहेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessdigital khabarGold & SilvernepalNewsPolitic
Comments (0)
Add Comment