सर्वोच्चमा मंसिर १५ देखि गोलाप्रथा लागू हुने, भोलि फुल कोर्ट बस्ने

०८ मंसिर, काठमाडाैँ । सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाप्रथा प्रणालीबाट पेसी तोकिने भएको छ।

सर्वोच्च अदालत प्रशासनले १५ गतेदेखि गोलाप्रथाबाट पेसी तोक्ने सकिने गरी तयारी अगाडि बढाइएको जानकारी न्यायाधीशहरुलाई गराएको छ।

गोलाप्रथा प्रणाली लागू गर्नेबारे निर्णय गर्न भोलि (बिहीबार) सर्वोच्च अदालतको पूर्ण (फुल कोर्ट) बैठक बस्ने भएको छ। फूल कोर्ट बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बाहेक सबै न्यायाधीशरु सहभागी हुने जनाइएको छ।

यसअघि गत बिहीबार बसेको फुल कोर्ट बैठकले सर्वोच्चमा गोलाप्रथा प्रणालीबाट पेसी तोक्नेसम्बन्धी व्यवस्था भएको सर्वोच्च अदालत नियमावली र निर्देशिका स्वीकृत गरेको थियो।

गोलाप्रथाबाट पेसी तोकिने व्यवस्थासहित सर्वोच्च अदालत नियमावली संशोधनको सूचना राजपत्रमा समेत प्रकाशित भइसकेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामाको माग गर्दै गत कात्तिक दोस्रो सातादेखि आन्दोलनमा रहेका न्यायाधीशहरु गोलाप्रथाबाट पेसी तोकिने भएपछि शुक्रबारदेखि नियमित सुनुवाइमा फर्केका थिए।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

digital khabarnepalNewsPolitic
Comments (0)
Add Comment