२४ कम्पनीको ६ अर्ब ६० करोड रुपैयाँ बराबरको आइपीओ आउँदै, कुनको कति ?

०६ मंसीर, काठमाडौ । सर्वसाधारण जनतालाई लक्षित गर्दै २४ कम्पनीको ६ अर्ब ६० करोड ७६ लाख ४०८ रुपैयाँ बराबरको (प्राथमिक सेयर) आइपीओ बजारमा आउने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेवन) का अनुसार ५ करोड ९३ लाख ५६ हजार ४ कित्ता सेयर सेयर आइपीओ जारी गर्नका लागि २४ कम्पनीले आवेदन दिएका छन् । आवेदन दिनेमा १३ वटा कम्पनी जलविद्युत क्षेत्रको रहेको बोर्डले जनाएको छ ।

धितोपत्र बोर्डले स्वीकृति दिनेवित्तिकै ति सवै कम्पनीले आइपीओ जारी गर्नेछन् । बोर्डका अनुसार हाल बोर्डमा २४ वटा कम्पनीले आइपीओको लागि आवेदन दिएपनि १० वटा कम्पनीको बारेमा भने बोर्ड प्राथमिक अध्ययनकै क्रममा रहेको छ ।

ति कम्पनीहरुले २ अर्ब ८८ करोड ७७ लाख ७० हजार ६०० रुपैयाँ बराबरको आइपीओ जारी गर्नका लागि आवेदन दिएका छन् ।

बोर्डले ८ वटा कम्पनीको प्राथमिक अध्ययन गरी केही सच्याउनका लागि पठाएको छ । सच्याउनका लागि पठाइएका ८ वटा कम्पनीले भने एक अर्ब ८७ करोड ६१ अर्ब ६७ लाख ७९ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेका छन् ।

त्यस्तै निकट भविष्यमा नै आउने सम्भावना रहेको ६ वटा कम्पनी रहेको छ । ति कम्पनीहरुको भने बोर्डले दोस्रो चरणको अध्ययन थालेको छ ।

सो अध्ययन सकिने वित्तिकै आइपीओ जारी गर्न अनुमति दिने बोर्डले जनाएको छ । निकट भविष्यमा नै आउने ६ कम्पनीको आइपीओ भने १ अर्ब ८४ करोड ३६ लाख ६१ हजार ९०० रुपैयाँ बराबरको रहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthipoLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment