तामाङ पत्रकार सङ्घको अध्यक्षमा अञ्जली

२४ कात्तिक, बनेपा । तामाङ पत्रकार सङ्घ काभ्रेपलाञ्चोक शाखाको धुलिखेलमा सम्पन्न चौँथो अधिवेशनबाट अञ्जली तामाङको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिमा तामाङको नेतृत्वमा ११ सदस्यीय समिति निर्वाचित भएको हो ।

जसको उपाध्यक्षमा चित्र तामाङ, सचिवमा कृष्णबहादुर घिसिङ, सहसचिवमा लोकबहादुर तामाङ र कोषाध्यक्षमा सुनिता लुङबा रहनुभएको छ । सदस्यमा क्रमशः कृतिका घलान, अशोकबुद्ध लामा, जीवन तामाङ, सिर्जना तामाङ, विजय जिम्बा र लालध्वज तामाङ रहनुभएको छ ।

अधिवेशनबाट वाग्मती प्रदेश अधिवेशन प्रतिनिधिमा जगतमान बल, हीरामान बल, कृष्णबहादुर घिसिङ, सुनिता लुङबा, शर्मिला थिङ, मोतिलाल मोक्तान र चित्र तामाङ रहेका छन् भने राष्ट्रिय महाधिवेशन प्रतिनिधिको लागि अञ्जली तामाङ, लोकबहादुर लामा, कृतिका घलान, इकमान लामा, हीरामान लामा, डिलबहादुर थोकर, रोजन तामाङ र महेन्द्र थिङलाई छनोट गरिएको छ ।

सङ्घका महासचिव बुद्ध योञ्जन लामाको प्रमुख आतिथ्यतमा सम्पन्न जिल्ला अधिवेशनमा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य डिलबहादुर थोकर, प्रेस चौतारी नेपालका उपमहासचिव हीरामान लामा, समाजवादी प्रेस सङ्गठन नेपालका केन्द्रिय सदस्य ।

ध्रुव रायमाझी, प्रेस युनियन काभ्रेका अध्यक्ष कपिल कोइराला, प्रेस सेन्टर नेपाल काभ्रेका अध्यक्ष रोजन तामाङ, फोटो पत्रकार सङ्घ वाग्मती प्रदेशका अध्यक्ष केशवराज पौडेल र नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)का जिल्ला अध्यक्ष चमार सिं लामा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahiroBusinesbusinessCoronavirusCovid-19Deathdigitalkhabar.comhealthNepali NewsRain
Comments (0)
Add Comment