बेलायतमा दैनिक ४१ हजारभन्दा बढी नयाँ संक्रमित

१९ कात्तिक, लन्डन । बेलायतमा अझै पनि दैनिक ४१ हजारभन्दा बढी कोरोनाका नयाँ संक्रमित थपिने गरेका छन् ।

पछिल्लो एक दिनमा ४१ हजार २९९ जना नयाँ संक्रमित थपिएको सरकारी अधिकारीले बुधबार जानकारी दिएका छन् । योसँगै बेलायतमा अहिलेसम्म कुल संक्रमितको संख्या ९१ लाख ७१ हजार ६६० पुगेको पनि अधिकारीले जनाएका छन् ।

कोरोनाभाइरसका कारण बेलायतमा पछिल्लो एक दिनमा २१७ जनाको मृत्यु भएको छ । बेलायतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाको संख्या एक लाख ४१ हजार १८१ पुगेको छ ।

सरकारी अधिकारीका अनुसार बेलायतमा अहिले पनि नौ हजार ५१७ जना कोरोनाभाइरसबाट संक्रमित भएका बिरामी अस्पतालमै रहेका छन् । रासस/सिन्ह्वा



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarEnglandLockdownLondonNewsPolitictechnology
Comments (0)
Add Comment