वायुसेवा निगमको कार्यकारी अध्यक्षमा अधिकारी

०९ कार्तिक, काठमाडौं । नेपाल वायु सेवा निगमको अध्यक्षमा युवराज अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निगमको कार्यकारी अध्यक्षमा अधिकारीलाई नियुक्त गरेको हो । अधिकारी निगममा ३४ वर्ष कार्य गरी सेवानिवृत भएका थिए ।

त्यस समयमा ५ वटा विभागको प्रमुख भएर काम गरेका थिए । अधिकारीको नियुक्तिसँगै निगमले अनुभवी र दक्ष अध्यक्ष पाएको छ । सरकारले यसअघि अध्यक्ष रहेका सुशिल घिमिरेको राजीनामा स्वीकृत गर्दै अधिकारीलाई कार्यकारी अधिकारसहित अध्यक्षमा नियुक्त गरेको हो ।

निगमको प्रबन्ध निर्देशक डिमप्रसाद पौडेलको अधिकार खोसिएसँगै लामो समयदेखि आन्दोलन गर्दै आएका ट्रेड युनियनहरुले स्थगित गर्ने संकेत गरेका छन् । सरकारले अधिकारीलाई कार्यकारी अध्यक्ष बनाएपछि पौडेलको सम्पूर्ण अधिकार खोसिएको हो ।

यसैबीच सरकारले बेमौसमी बाढी तथा डुबानबाट धानबालीमा भएको क्षतिको अध्ययन गर्ने भएको छ । अध्ययनका लागि गृहमन्त्रालयको सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा समिति बनाएको छ । समितिमा कृषि मन्त्रालयका सचिव अर्थमन्त्रालयका सचिव, उद्योग मन्त्रालयका सचिव, सामान्य मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगका सचिव सदस्य छन् । समितिललाई प्रतिवेदन पेश गर्न तीन दिनको समय दिइएको छ ।

सरकारले नेपाल पुनबिर्मा कम्पनी लिमिटेड सञ्चालन समितिको अध्यक्षमा डा रवीन्द्र घिमिरेलाई नियुक्त गरेको छ । कम्पनीको सदस्यमा मदन पोखरेल नियुक्त भएका छन् ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownNACnepalNepal AirlinesNewsPolitictechnology
Comments (0)
Add Comment