काठमाडौं र भक्तपुरमा हस्तकला कोेशेली मेला हुने

०६ कार्तिक, काठमाडौं । नेपाल हस्तकला महासंघले कात्तिक ९ देखि १६ गतेसम्म हस्तकला कोेशेली मेला आयोजना गर्ने भएको छ ।

श्ुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले आउँदो कार्तिक ९ देखि १६ गतेसम्म हस्तकला कोेशेली मेला आयोजना गर्ने जानकारी गराएको हो ।

महासंघले आउँदो कार्तिक ८, ९ र १० गते काठमाडौंको नक्साल, ११, १२ र १३ गते भक्तपुरको ठिमी र १४, १५ र १६ गते ललितपुरको कृष्णगल्लीमा हस्तकला कोेशेली मेला आयोजना गर्ने मेलाका संयोजक विक्रमसिंह महर्जनले बताए ।

मेलामा २५ वटा स्टल रहने र ३० देखि ३५ लाखसम्मको कारोबार हुने अपेक्षा गरिएको महर्जनले जानकारी दिए ।

मेला संयोजक महर्जनले मेलामा स्टलमा पहिलो प्राथमकता महासंघको सदस्यलाई दिने बताए ।

गैरसदस्यहरुलाई स्टलको भाडा लिने र त्यसमा छुट नदिएको उनले बताए । कोरोना भाइरसका कारण थला परेको हस्तकला क्षेत्र बिस्तारै चलायमान बनाउँदै लैजान मेलाले सहयोग पुग्ने महासंघले विश्वास लिएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownNepal Hastakala MahasangNewsPolitictechnology
Comments (0)
Add Comment