थप ४७० जनामा सङ्क्रमण पुष्टि, आठ जनाको मृत्यु

०४ कार्तिक, काठमाडाैँ । पछिल्लो २४ घण्टामा ४७० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । छ हजार ५८६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ४७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, एक हजार ९६३ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ७५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.२ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ७२६ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएको छ । हाल देशभर ११ हजार ३१५ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

CoronavirusCovid-19digital khabarFacebookhealthLockdownnepalNews
Comments (0)
Add Comment