नम्बर प्लेट नराखी चलाएका २१९ वटा मोटरसाइकल नियन्त्रणमा

२० असाेज, काठमाडाैँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट अस्पष्ट र नराखी चलाएका २१९ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । महाशाखाले नम्बर प्लेट नलेखिएका १६५ वटा र अस्पष्ट खुइलिएका नम्बर प्लेट भएका ५४ वटा मोटरसाईकल नियन्त्रणमा लिएको हो ।

ट्राफिक प्रहरीले ढाँचा अनुसार नम्बर प्लेट नलेखिएका, स्पष्ट नभएका, खुईलिएका, अनटेस्ट वा अस्थायी नम्बर प्लेट भएका, नम्बर प्लेटको टप बङ्ग्याएका वा नम्बर प्लेट ढाकिएका मोटरसाइकलहरु बिरुद्ध विशेष चेकजाँच अभियान संचालन गरेको महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।

ट्राफिक नियम उल्लङ्घन गरि हिँड्ने, दुर्घटना गरि फरार हुने तथा चाडपर्व र भीडभाडको समयमा हुन सक्ने चोरी लुटपाट लगायतका अपराधिक क्रियाकलापलाई रोक्न यस अभियानले महत्वपुर्ण भूमिका निर्वाह गर्ने महाशाखाको बुझाई छ ।



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessCoronavirusCovid-19DeathdigitalkhabarhealthNepali NewsRain
Comments (0)
Add Comment