भोलिदेखि सर्वोच्च अदालत बन्द

२० असाेज, काठमाडाैँ । भोलिदेखि सर्वोच्च अदालत बन्द हुने भएको छ । बडा दसैँको अवसर पारेर भोलि (विहीबार) देखि कात्तिक ३ गते कोजाग्रत पूर्णिमाका दिनसम्म सर्वोच्च बन्द हुने उपरजिष्ट्रार देवेन्द्र ढकालले विज्ञप्ति निकालेर जनाएका छन् ।

यो बीचमा घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहने विज्ञप्तिमा जनाइएको छ ।



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessCoronavirusCourtCovid-19Deathdigital khabarhealthNepali NewsRain
Comments (0)
Add Comment