लिपुलेक कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना गर्ने तयारी

१५ असोज, काठमाडौं । मित्रराष्ट्र भारतसँग सिमा जोडिएको दार्चुलाको लिपुलेक र कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना गर्ने तथ्याङक विभागले तयारी गरेको छ ।

सरकारले शुरु गरेको राष्ट्रिय कार्यक्रम जनगणनालाई मंसिर ९ गते भित्र सबै नेपालीको घरदैलोमा पुगेर गणना गर्ने गरी काम अघि बडेको केन्द्रिय तथ्याङ्क विभाग तथ्याङक शाखाका प्रमुख डुण्डीराज लामिछाने जानकारी दिनुभयो ।

व्यास गाउँपालिका– १ बडाका गुन्जी, कुटी र नाभि गाउँका करिव ३२० परिवारका एक हजार जनाको गणना गर्न विभागले घरदैलोमै पुग्ने छ, लामिछानेले बताउनुभयो । यस अघिको तथ्याङकमा सातसय जना रहेको उक्त क्षेत्रमा हाल एक हजार जना पुगेको अनुमान विभागको छ ।

कालापानी र लिपुलेकलाई विवादस्पद भनेर हल्ला गरेपनि विभागले त्यसरी नलिएको र कुनै समस्या आए कुटनैतिक पहलबाट अथवा बैकल्पिक विधि अपनाएर पनि गणना गर्ने उहाँले बताउनुभयो ।

विभागले तालिम दिएर आठ हजार सुपरभाइजरलाई गत भदौ ३० गतेबाट फिल्डमा पठाइ सकेको छ । विभागले असोज १८ गते भित्र सम्पन्न गर्ने पहिलो चरणको घरसूचिकरणका काम सम्पन्न गर्ने कार्यतालिका बनाएको छ ।

विभागले छनौट भएका गणकहरुलाई कोभिड विरुद्धको खोप लगाइने र कात्तिक २५ मंसिर ९ गते सम्म फिल्डमा खटाएर गणना सम्पन्न गर्ने विभागको कार्यक्रम हरेको जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment