ज्येष्ठ नागरिकलाई सम्मानका साथ राखौँ : मुख्यमन्त्री भट्ट

१५ असाेज, महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ज्येष्ठ नागरिकलाई घर परिवारमै सम्मानजनक ढङ्गले बस्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आज बिहान कञ्चनपुरको बेदकोट नगरपालिकास्थित वृद्धाश्रममा आयोजित कार्यक्रममा उहाँले ज्येष्ठ नागरिकलाई सन्ततिले गर्ने व्यवहारको सिको भावी पुस्ताले समेत गर्ने बताउनुभयो । “ज्येष्ठ नागरिकले वृद्धाश्रममा बस्नुपर्ने वातावरण कसरी बन्यो ?”, मुख्यमन्त्री भटृले भन्नुभयो, “आफूसित राख्ने वातावरण किन बनेन् भन्ने विषयमा छलफल हुनु आवश्यक छ ।”

उहाँले ज्येष्ठ नागरिकलाई बोझ सम्झेर वृद्धाश्रम पु¥याउनेले आफूले पनि पछि त्यही नियति भोग्नुपर्नेमा हेक्का राख्न सुझाव दिनुभयो ।

सामाजिक विकासमन्त्री लालबहादुर खड्काले जीवनका महत्वपूर्ण समय परिवार र देशका निम्ति खर्चेका वृद्धवद्धा शारीरिक अवस्था कमजोर भए पनि विविध खाले समस्यासित जुध्नुपरेको बताउनुभयो । “वृद्धाश्रममा कोही पनि बसून् भन्ने होइन ।” उहाँले भन्नुभयो, “घरमै राम्रो व्यवहारका साथ बस्ने वातावरण मिलाउनुपर्छ ।”

मुख्यमन्त्री भट्टले प्रदेश सरकारको सहयोगमा वृद्धाश्रम परिसरमा निर्मित आवासगृह र सभाहल र छेउमै रहेको रौटेला खोलामा निर्मित झोलुङ्गे पुल पनि उद्घाटन गर्नुभएको थियो ।



मल्टिमिडिया ग्यालरी

digital khabarFacebooknepalNews
Comments (0)
Add Comment