म्याद गुजारेका विदेशीको भिसा थप्‍ने निर्णय, चिनियाँ पर्यटकलाई राहत

१५ असाेज, काठमाडाैँ । पर्यटक प्रवेशाज्ञा (भिसा) को म्याद गुजारेका विदेशीहरु पुस १६ गतेसम्म नेपाल बस्न पाउने भएका छन्। सन् २०२१ मा पर्यटक भिसामा नेपाल आएका अधिकांश विदेशी नागरिक ‘ओभर स्टे’ छन् ।

गृह मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिमका कारण आफ्नो मुलुक फर्कन नसकेका विदेशीहरुका लागि नेपाल बस्न पाउने अवधि लम्ब्याएको हो । गैर कानुनीरुपमा नेपाल बस्ने सबैभन्दा बढी चिनियाँ नागरिकहरु छन् ।

गृहको यो निर्णयले विभिन्न वहानामा नेपाल बस्न खोज्ने चिनियाँ पर्यटकलाई राहत मिलेको छ। पर्यटक भिसामा नेपाल बस्ने कतिपय चिनियाँ नागरिकहरु आपराधिक क्रियाकलापमा संलग्न छन् ।

प्रहरीले दुई वर्षअघि पर्यटक भिसा लिइ अवैध गतिविधिमा संलग्न भएका झण्डै १ सय २२ जना चिनियाँलाई पक्राउ गरेको थियो । विगत केही सातादेखि चिनियाँ नागरिक कोरोना भाइरसको जोखिका कारण आफ्नो मुलुक फर्कन नसक्ने भन्दै भिसाको म्याद थप गरिदिन अध्यागमन विभागलाई आग्रह गर्दै आएका थिए ।

असोज १३ को गृहमन्त्री स्तरीय निर्णयले हवाइ टिकट नपाएर आफ्नो मुलुक फर्कन नसकेका विदेशी पर्यटकका लागि नेपाल बस्न पाउने अवधि थप गरेको हो । अमेरिका बाहेक मुलुकका नागरिकहरु पर्यटक भिसामा १ सय ५० दिन नेपाल बस्न पाउँछन्। भिसा पारस्पारिकता कायम भएपछि अमेरिकी नागरिकहरु भने नेपालमा १ सय ८० दिन बस्न पाउँछन् ।



मल्टिमिडिया ग्यालरी

digital khabarFacebookhealthnepalNewstechnology
Comments (0)
Add Comment