बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

१४ असोज, काठमाडौं । असोज ११ गतेसोमवार देखि सार्वजनिक निष्कासनमा आएको बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा तेस्रो दिनसम्म मागभन्दा २७ गुणा बढी आवेदन परेको परिसकेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्र विक्री बन्द गर्न लागिएको हो ।

कम्पनीले सर्वसाधारणका लागि ७ लाख ४४ हजार रुपैयाँ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । ८ करोड बराबरको ८ लाख रुपैयाँ कित्ता आईपीओमध्य २ प्रतिशत दरको १६ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको ४० हजार रुपैयाँ कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरेको छ ।

आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आईपीओ विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै धितोपत्र बोर्डबाट आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीको यो आईपीओलाई इक्रा नेपालले वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्नुअघि आयोजना प्रभावित नुवाकोट जिल्लाका स्थानियका लागि गत साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म आईपीओ विक्री गरी भदौ ३१ गते बाँडफाँट गरेको थियो । कम्पनीले स्थानिय सहित सर्वसाधारणमा प्रतिशेयर १०० अंकित मूल्यको १२ लाख रुपैयाँ कित्ता साधारण शेयर निष्कासनका लागि अनुमति पाएकोमा पहिलो चरणमा ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुमा बाँडफाँट गरेको हो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarhealthnepalNews
Comments (0)
Add Comment