नेपालमा थप ८९२ जना सङ्क्रमित, एक हजार ११३ जना निकाे

१३ असाेज, काठमाडाैँ । पछिल्लो २४ घण्टामा नेपालमा ८९२ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १० हजार ६५२ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ८९२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

यस्तै, तीन हजार ८८९ वटा एन्टीजेन परीक्षण गर्दा २६५ जनाको कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.३ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ११३ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ८ जना सङ्क्रमितको मृत्यु भएको छ ।

हालसम्म ११ हजार १२३ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । सक्रिय सङ्क्रमित हुने १८ हजार १९३ जना छन् ।



मल्टिमिडिया ग्यालरी

CoronavirusCovid-19digital khabarFacebookhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment