लमजुङमा विद्युत्को तीन करोड बक्यौता

०५ असोज ,लमजुङ । जिल्लामा विद्युत्को रु तीन करोड बक्यौता उठ्न बाँकी रहेको छ । लमजुङ विद्युत् उपभोक्ता संस्थाको रु दुई करोड र पश्चिम लमजुङ उपभोक्ता समितिको रु एक करोड बक्यौता उठ्न बाँकी छ ।

नेपाल विद्युत् प्राधिकरण केन्द्रका प्रमुख यमकुमारी गुरुङका अनुसार केन्द्र प्रमुख गुरुङका अनुसार पश्चिम विद्युत् उपभोक्ता समितिले २०७२ सालसम्म रु २८ लाख बक्यौता तिर्न बाँकी थियो । त्यसयता समितिले बक्यौता तिरेको छैन । “दुई पटक पत्राचार गरिसकेका छौँँ, बक्यौता तिर्न मानेको छैन”, उहाँले भन्नुभयो ।

लमजुङ विद्युत् उपभोक्ता समितिले गत वर्षदेखि बक्यौता तिर्न थालेको हो । सो संस्थाले सुरुआतमा रु ३२ लाख, दोस्रो पटक रु २५ लाख तथा पछिल्लो समय रु सात बक्यौता तिरेको गुरुङले जानकारी दिनुभयो । विसं २०७२ मा लमजुङ वितरण केन्द्र स्थापना भएको हो । स्थापनाताका लमजुङ विद्युत् उपभोक्ता संस्थाले रु तीन करोड १२ लाख र पश्चिम विद्युत् उपभोक्ता समितिले रु २८ लाख बक्यौता तिर्न बाँकी थियो ।

जिल्लामा बिजुली उपभोक्ता समितिले वितरण गर्दै आएको छ । समितिले लमजुङ र तनहुँको केही भागमा गरी करिब ३० हजार सेवाग्राहीलाई बिजुली उपलब्ध गराएको छ । तनहुँको साविकको चिसोपानी, रुपाकोट र पुरनकोटका दुई हजार ७०० परिवारले बिजुली प्रयोग गर्दै आएका छन् ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNews
Comments (0)
Add Comment