लोक सेवा कि रोक सेवा ?, शाखा अधिकृत परीक्षार्थीद्धारा लोक सेवा आयोगको कार्यालयमा धर्ना (तस्बिरहरू)

०४ असोज, काठमाडौँ । नतिजाको पर्खाइमा रहेका शाखा अधिकृत परीक्षार्थीले शीघ्र नतिजा प्रकाशनको माग गर्दै लोक सेवा आयोगको कार्यालयमा शान्तिपूर्ण धर्ना दिएका छन् ।

नतिजाको पर्खाइमा रहेका शाखा अधिकृत परीक्षार्थीले छिटो नतिजा प्रकाशन गर्नुपर्ने माग राख्दै माइतीघरमा प्रर्दशन गरेका हुन् ।

सर्वोच्च अदालतको आदेशका कारण रोकिएको शाखा अधिकृतको नतिजा तत्काल सार्वजनिक गर्नुपर्ने मागसहित १ सय भन्दा बढी संख्यामा उपस्थित भएका परिक्षार्थीले सोमबार माइतीघरमा प्रर्दशन गरेका हुन् ।

‘लोकसेवा कि रोकसेवा, बन्द खामभित्रको हाम्रो भविष्य गर जस्ता प्लेकार्ड बोकेर प्रर्दशन गरेका थिए । उनीहरुले यसअघि लोकसेवा आयोगको कार्यालयमा समेत धर्नाको साथै प्रर्दशन गरेका थिए ।

लोक सेवा आयोगले पदपूर्तिका लागि लिएको परीक्षाको अन्तरवार्ता गत भदौ ८ गते सकिएको थियो । तर सर्वोच्चको आदेशको कारण

ती परीक्षार्थीका अनुसार अध्यक्ष रेग्मीले सामान्य प्रशासन मन्त्रालयले दरबन्दीको समस्या मिलाएर पठाएपछि आयोगले नतिजा प्रकाशन गर्ने जवाफ दिएका छन् ।

देखाएर नतिजा प्रकाशन भएको छैन । झण्डै ३ सय जना भन्दा बढी अधिकृत तहको सबै परीक्षाको चरण पास गरेर नतिजाको पखाईमा छन् ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Covid19DashainDharnadigital khabardigitalkhabareduicationFestivalhealthInternationalLockdownLok Sewa AayognepalNewsPolitictechnologyTihar
Comments (0)
Add Comment