राडुकानुलाई युएस ओपन उपाधि

०१ अश्विन, एजेन्सी । बेलायती किशोरी इमा राडुकानुले युएस ओपन टेनिसको उपाधि जितेकी छिन् । आइतबार बिहान भएको फाइनलमा १८ वर्षीय राडुकानुले क्यानडाकी अर्की किशोरी लेइला फर्नान्डेजलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेकी हुन् ।

अर्थर आसे स्टेडियममा बहुप्रतिक्षित मानिएको यी दुई किशोरीबीचको फाइनलमा राडुकानुले ६–४ र ६–३ ले जित हात पारिन् । राडुकानुले ४० वर्षपछि बेलायतलाई महिला एकल टेनिसमा उपाधि दिलाउन सफल भइन् ।

उनले प्रतियोगिता अवधिभर एक सेट पनि नगुमाई उपाधि जितेकी हुन् । सन् २०१४ मा सेरेना विलियम्सले सेट नगुमाई उपाधि जितेयता युएस ओपनमा यो उपलब्धि हासिल गर्ने राडुकानु पहिलो खेलाडी बनिन् । छनोट चरणबाट प्रतिस्पर्धा गर्दै ग्राण्डस्लाम उपाधि जित्ने राडुकानु पहिलो खेलाडी हुन् ।

यो उपलब्धि अविश्वसनीय भएको बताउँदै इमा राडुकानुले यो उपलब्धि १९७७ मा विम्बल्डन विजेता भर्जिनिया वेड प्रति समर्पित गरिन् । त्यसयता बेलायतका कुनै पनि महिला खेलाडीले ग्रान्ड स्लामको उपाधि जितेका थिएनन् । उनी ग्रान्ड स्लाम इतिहासमा क्वालिफायर चरणबाट आएर उपाधि जित्ने पहिलो खेलाडी समेत बनिन् ।

२००४ मा अमेरिकी खेलाडी मारिया सारापोभाले विम्बल्डन जितेयता कम उमेरमा युएस ओपन च्याम्पियन बन्ने खेलाडी बनिन् । साथै उनी सबैभन्दा कम उमेरमा ग्रान्डस्लाम जित्ने बेलायती खेलाडी बनिन् ।

राडुकानु २०१४ मा अमेरिकी सेरेना विलियम्सपछि कुनैपनि सेट नगुमाई उपाधि जित्ने खेलाडीसमेत बनिन् । युएस ओपनको उपाधि जितेसँगै उनी बेलायतमा शीर्ष वरीयता तथा विश्व वरियतामा २३औ स्थानमा उक्लिनेछिन् ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnologyTennis
Comments (0)
Add Comment