बालाजु टिम च्याम्पियन

०१ असोज , काठमाडौं । बालाजु तेक्वान्दो डोजाङले प्रथम फ्रेन्डसिप अन्तर विद्यालय÷डोजाङ तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । बालाजुले ८ स्वर्ण, १ रजत र ६ कांस्य जित्दै टिम च्याम्पियनको ट्रफी उचाल्यो ।


फ्रेन्डसिप तेक्वान्दो डोजाङको आयोजनामा टोखामा भएको प्रतियोगितामा दोश्रो भएको नागर्जुन तेक्वान्दो डोजाङले ६ स्वर्ण, ७ रजत र १२ कांस्य जित्यो । ५ स्वर्ण, ७ रजत र ५ कांस्यसाथ आयोजक फ्रेन्डसिप ‘ए’ ले तेश्रो स्थानमा चित्त बुझायो । दुई टिम सहभागी आयोजकको ‘बी’ टिमले १ स्वर्ण, ३ रजत र ३ कांस्य हात पा¥यो ।


प्रतियोगिताको पुरुषमा आयोजकका सोहन श्रेष्ठ तथा महिलामा मैजुकुमारीकी दीक्षा तामाङ उत्कृष्ट खेलाडी घोषित भए । धर्मस्थलीले उदीयमान टिमको उपाधि जित्यो भने एपीएस स्कुल अनुशासित टिम ठहरियो ।


विजेतालाई काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्का, टोखा नगरपालिका वडा २ का अध्यक्ष दीपकराज जोशी, गजराज मेमोरियल ट्रष्टका अध्यक्ष मनीषराज जोशी, प्रतियोगिता संयोजक सानुबाबु महर्जन, आयोजक डोजाङका प्रमुख सुसन श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा १ सय २० खेलाडीले विभिन्न २३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

लिम्पियाद्वारा खेलाडी सम्मानित

जोरपाटीस्थित लिम्पिया नेसनल कलेजले आफ्ना बास्केटबल खेलाडीलाई शुक्रबार सम्मान गरेको छ । गत भदौ महिनामा विभिन्न ८ थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेको लिम्पियाका छात्र बास्केटबल टोलीलाई सम्मान गरिएको हो ।


भदौमा मात्र लिम्पियाले विभिन्न १० थ्री बाइ थ्री प्रतियोगितामा सहभागिता जनाएकोमा ८ पटक उपाधि जित्न सफल भएको थियो । त्यस क्रममा संगम साम्देन तामाङ ४ पटक, विवेक यादव २ पटक र दीपेश कार्की १ पटक ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिएका थिए । उनीहरुसहित टोलीका महत्वपूर्ण सदस्य स्विकार कुन्वर पनि सम्मानित भए ।


चारैलाई प्रशंसा पत्र, खेल पोशाक, ट्रयाकसुट र प्लस २ अध्ययनका लागि पूर्ण छात्रवृत्ती प्रदान गरियो । युवा नेता अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य दुधराज लामा, लिम्पियाका प्रिन्सिपल मदनराज रेग्मीलगायतले उनीहरुलाई सम्मान गरे ।


लिम्पियालाई उपाधि दिलाउन महत्पूर्ण भूमिका निर्वाह गरेको भन्दै लिम्पियाका हेड कोच सुनिल योञ्जन र इसीए इन्चार्ज राजकुमार दंगाललाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।


केन्द्रीय सदस्य लामाले सम्मानले विद्यार्थीलाई पढाईका साथै अत्तिरिक्त क्रियाकलापमा लाग्न हौसला अभिबृद्धि गर्ने धारणा व्यक्त गरे ।
प्रिन्सिपल रेग्मीले गुणस्तरीय शिक्षासंगसंगै विद्यालयले विद्यार्थीको चौतर्फी विकासका लागि अत्तिरिक्त क्रियाकलापमा पनि विशेष जोड दिइरहेको बताउदै विद्यार्थी खेलाडीहरुको मनोबल उच्च पार्न पुरस्कृत गरिएको बताए ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNews
Comments (0)
Add Comment